कोशीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह
विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । मनसुनी वायुको प्रभाव बढिरहेको अवस्थामा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा...






























