सहिदभूमिका कृषकलाई फलफूलका बिरुवा र प्लाष्टिक पोखरी
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले कृषकहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले आँप र लिचीका कलमी बिरुवा वितरण गरेको हो ।
गाउँपालिका भित्ररहेका तीनवटा कृषक समूहलाई १ हजार १२५ वटा आँपका बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिए । यस्तै, गाउँपालिकाले प्लाष्टिक पोखरी पनि वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले प्लाष्टिक पोखरी वित...































