
झापा । झापामा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । कमल गाउँपालिका-७ का ४५ वर्षीय देवलाल चौधरीको मृत्यु भएको हो ।
माघ १७ गते सोही स्थानका ३७ वर्षीय पुण्य प्रसाद बास्तोलाले चौधरीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका चौधरीको उपचारका क्रममा दमक स्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बास्तोलाले सामान्य विवाद हुँदा चौधरीलाई कुटपिट गरेका थिए । बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।