१४ महिनादेखि तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका श्रमिक आन्दोलित
उदयपुर । उदयपुर सिमेन्ट उद्योगका श्रमिक आन्दोलित भएका छन् । १४ महिनादेखि तलब नपाएका श्रमिक तथा कर्मचारीहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालन हुँदै आएको उद्योगको अवस्थाबारे पछिल्ला दिनमा असन्तुष्टि तीव्र बनेको छ । नियमित उत्पादन ठप्पजस्तै भएपछि श्रमिकहरूको जीवनयापन संकटमा परेको भन्दै उनीहरूले तत्काल बक्यौता तलब भुक्तानी र सामाजिक सुरक्षा कोषको रकम नि...
































