सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको चौबिसेमा रहेको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल कौशिका धाम ओझेलमा परेको छ । पर्याप्त पूर्वाधार विकास र बाह्य प्रचारप्रसार नहुँदा कौशिका धाम ओझेलमा परेको हो ।

चौबिसे गाउँपालिका-४ र ५ को संगमस्थल हंसमोरङस्थित त्रिवेणी घाटमा कौशिका धाम छ । कौशिकालाई पवित्र तीर्थस्थल तथा पुण्य धामको रूपमा समेत मानिन्छ ।

Advertisement

तमोर नदी, तेलिया र छरुवा खोलाको संगम स्थलमा कौशिका धाम पर्दछ । पद्मपुराणमा कौशिका धाम भनेर उल्लेख गरिएकै कारण पनि चर्चामा छ । यहाँ तृ पिण्डी श्राद्ध, तीर्थ श्राद्ध, लघु पुराण र श्रीमद्भागवत समेत लगाउने गरिएको छ । यहाँ पितृ श्राद्ध र दिवङ्गत भएकाहरूको अस्तु सेलाउन देशका विभिन्न स्थानदेखि मान्छे आउने गरेको स्थानीय गोविन्द बहादुर बस्नेतले बताए ।

कौशिका धाममा मकर सङ्क्रान्तिका दिन मेला समेत लाग्दछ । धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने स्थानीयहरूले दाबी गरेका छन् । कौशिका धाममा स्थानीयले हालै एउटा शिव मन्दिर स्थापना गरेका छन् ।

परापूर्व कालदेखि दाहसंस्कार गर्ने घाटको रूपमा लिएपनि २०३५ साल तिर एक जना सन्त महाराज एक महिना तपस्या गरेपछि यस धामलाई महत्व दिएको पाइन्छ । स्थानीय सरकारले धामको विकासका लागि केही गर्नुपर्ने स्थानीय सूर्य दाहालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!