नम्रता न्यौपाने/संगालोखबर


विराटनगर । सुनसरीको इटहरी स्थित पाथीभरा सेकेन्डरी स्कुलमा वृहत शैक्षिक महोत्सव तथा एजुकेसनल एक्स्पो २०८१ सम्पन्न भएको छ । ३३ औं वार्षिकोत्सवको अवसरमा स्कुलले आयोजना गरेको महोत्सव र एक्स्पो भव्य रूपमा सम्पन्न भएको हो ।

‘सहभागी बनौँ, अवलोकन गरी सफल पारौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको अभिभावकसँगै विभिन्न क्षेत्रका व्यक्तिहरूले अवलोकन गरेका थिए । प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरूले शैक्षिक महोत्सव अन्तरगत विज्ञान तथा प्रविधि कला तथा सांस्कृतिक प्रर्दशनी प्रस्तुत गरेका थिए ।

Advertisement

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न रचनात्मक कला प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले शैक्षिक क्षेत्रमा यस्ता कार्यक्रमहरू हुन आवश्यक रहेको उल्लेख गरे । सोही अवसरमा विद्यार्थीहरूले आफैँले तयार पारेको पुस्तकको विमोचन गर्दै मन्त्री भण्डारीले विद्यालयले गरिरहेको कार्यको प्रशंसा गरेका थिए ।

विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै रचनात्मक र प्रयोगात्मक सिकाइमा जोड दिन यस्तो प्रकारको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल गोपाल श्रेष्ठले बताए । उनले यस्ता प्रकारका कार्यक्रमले विद्यार्थीहरूको क्षमता वृद्धि हुने उल्लेख गरे ।

शैक्षिक महोत्सव तथा एक्स्पोले विद्यालयको शैक्षिक क्षेत्रमा नयाँ आयाम थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल रिजालले बताए । विद्यालयको भौतिक संरचना र शैक्षिक वातावरण अब्बल रहेको बताउँदै उनले यस्ता प्रकारका कार्यक्रमले आगामी दिनमा थप राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

३३ वसन्त पार गर्दै ३४ औं वसन्तमा प्रवेश गर्दैगर्दा विद्यालयले नयाँ योजना लिएर अगाडि बढेको निर्देशक रोमन कटेलले बताए । विद्यालयमा पहिलो पटक आयोजना गरिएको महोत्सव तथा एक्स्पोमा विद्यार्थीहरूले ३५ भन्दा बढी स्टल राखेका थिए ।

स्टलमा विज्ञान प्रदर्शनी, हेन्डी क्राफ्ट, पुस्तक लेखन, ग्रीन सिटी, कारखानालगायतलाई समावेश गरिएको थियो । कार्यक्रममा शिक्षासँगै विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

तस्बिर : नम्रता न्यौपाने/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!