बिराटनगरमा ९७ सहित प्रदेश १ मा थपिए १ सय १७ कोरोना संक्रमित
विराटनगर । प्रदेश १ का थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका १ सय ५, सुनसरीका ९, झापाका २ तथा उदयपुर र संखुवासभाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा एकैदिन ९७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरङको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट प...
























