- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा सोमबार १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २ तथा संखुवासभा, पाँचथर र ताप्लेजुङमा १÷१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरका ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष छन् । मोरङको कटहरीमा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ६ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, पथरीशनिश्चरे र जहदामा २/२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १÷१ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै, सुनसरीको दुहवीमा ३ महिला ११ पुरुष, धरानमा ३ महिला १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका २ पुरुष संक्रमित भएका छन् । त्यस्तैगरी झापाको दमकमा १ पुरुष र मेचीनगरमा १ महिलामा संक्रमण पुष्टि भएको छ । संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष र पाँचथरको फिदिमका १ पुरुषमा पनि संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६७ पुगेको छ । जसमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् ।

यसैबीच सोमबार पनि प्रदेश १ मा ६४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वी.जेनरल अस्पताल हरिनगरबाट २३ र होमआईसोलेसनबाट ३ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!