- संगालोखबर सम्बाददाता

धनकुटा । निरन्तरको बर्षाका कारण आज धनकुटामा एउटा घर भत्किएको छ । धनकुटा नगरपालिका–१ निगालेका नीरबहादुर ठकुरीको घर भत्किएको हो ।

Advertisement

बर्षाका कारण बिहान करिब ५ बजे ठकुरीको घर भत्किएको नेपाल रेडक्रस सोसाईटी निगाले उपशाखाका सभापति खेम थापाले जानकारी दिए । थापाका अनुसार ढुंगा माटोले बनेको ठकुरीको घर बर्षाका कारण आधा भत्किएको थियो । आधा भत्किएर जोखिम भएपछि सल्लेरी व्यारेकको नेपाली सेना र स्थानीयबासीले घरको भत्किन बाँकी भाग पनि भत्काएका हुन् ।

घर भत्किदा खाद्यान्न, लत्ताकपडा लगायत बिभिन्न सामाग्रीमा क्षति पुगेको छ । सो घरमा परिवारका ७ जना बस्दै आएका थिए ।

यसैबीच पीडित परिवारलाई रेडक्रसले राहत सामाग्री प्रदान गरेको छ । राहत स्वरुप कपडा, भाडा, त्रिपाल लगायत सामाग्री प्रदान गरिएको रेडक्रस उपशाखा सभापति थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!