संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ घण्टेमा लेउती खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा स्थानीय ७९ बर्षीय अमृतबहादुर राईको मृत्यु भएको हो ।

Advertisement

खोलाले बगाएका राईको शव करिब ३ घण्टापछि साँगुरीगढी–७ स्थित फेदीमा फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । घटनाको जानकारी पाएपछि मुलघाट प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

जिल्ला अस्पतालमा पोष्टमार्टम गरी मृतकको शवलाई आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!