विराटनगर । प्रदेश १ मा आईतबार ७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४ र पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरका ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरङको कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १÷१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।
उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला र पाँचथरको फिदिमका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७४ पुगेको छ । जसमध्ये २ हजार ५ सय ३५ जना निको भएका छन् ।
यसैबीच प्रदेश १ मा आईतबार ३० जना डिस्चार्ज भएका छन् ।
सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आईसोलेसनबाट १९, होम आईसोलेसनबाट ९, वि.जनरल अस्पताल हरिनगरबाट १ र इनरुवा आईसोलेसनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।