रबिन कटेल

विराटनगर । प्रदेश १ का ७१ जना कोरोना संक्रमित आज कोरोनामुक्त भएका छन् । होम आईसोलेसनमा रहेका ४५ जना निको भएका छन् । गढी आईसोलेसन केन्द्र सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, वी.जेनरल अस्पताल आईसोलेसन हरिनगर सुनसरीबाट ३ तथा मारवाडी सदन आईसोलेसन कालिसदन र आईसोलेसन विराटनगरबाट १/१ जना डिस्चार्ज भएका हुन् ।

Advertisement

योसँगै प्रदेश १ मा कोरोनामुक्त हुँनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

यसैबीच प्रदेश १ मा शनिवार ५८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२ र झापामा ४ जना संक्रमित थपिएका हुन् । मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १÷१ पुरुषको रिपोर्ट पाजिटिभ आएको छ ।

सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष संक्रमित भएका छन् । यता, झापाको विर्तामोडका ४ पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ९६ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement