- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिलेसम्मकै उच्च हो । १ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११ तथा धनकुटा र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरका ६५ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला ६ पुरुष, जहदा र कटहरीमा ३/३ पुरुष, सुन्दरहरैंचामा १ महिला १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १/१ महिला, बेलबारी र ग्रामथानमा १/१ पुरुष र स्थानीयतह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

उता, सुनसरीको धरानमा ११ महिला १७ पुरुष, दुहवीमा ३ महिला १९ पुरुष, इटहरीमा ४ महिला ७ पुरुष र गढीमा २ पुरुष संक्रमित भएका छन् । झापाको दमकमा ५ महिला १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीयतह नखुलेका १ पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यस्तै धनकुटाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा ठेगाना भएपनि उनी अहिले जिल्लाबाहिर छन् । खोटाङका १ महिलामा पनि संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ । जसमध्ये २ हजार २ सय ३९ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, प्रदेश १ मा आज ४३ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!