संगालोखबर


विराटनगर । समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि मोरङमा पनि तालिम तथा सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण कंकालिनी (मोरङ) र रंगेली नगरपालिका-४ स्थित वडा कार्यालय भवनमा एकसाथ तालिमको शुभारम्भ गरिएको हो ।

Advertisement

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा सञ्चालित तालिम स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरिएको छ ।

कार्यक्रमको उद्देश्य समुदायस्तरमा विपद् व्यवस्थापन तथा प्रतिकार्य क्षमताको अभिवृद्धि गर्दै दक्ष स्वयंसेवक समूह निर्माण गर्नु रहेको छ । कंकालिनी मोरङमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको उपस्थितिमा शुभारम्भ गरिएको छ ।

कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी उपरीक्षक महेश केसी, कंकालिनीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक राजन शर्मा सापकोटा लगायतको उपस्थिति थियो ।

रंगेली नगरपालिका-४ स्थित वडा कार्यालयमा रंगेली नगर कार्यपालिकाकी कार्यवाहक नगर प्रमुख भुमा पराजुलीको उपस्थितिमा कार्यक्रम शुभारम्भ भएका छ । असार १५ गतेसम्म सञ्चालन हुने कार्यक्रममा मोरङका स्थानीय तहका नगर प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित ४० जनालाई तालिम प्रदान गरिने छ ।

तालिम अवधिभर विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् पूर्वतयारी तथा समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी विविध विषयमा प्रशिक्षण तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!