संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पीसीआर परीक्षण गर्दा मन्त्री घिमिरेको रिपोर्ट नेगेटिभ आएको हो ।

Advertisement

कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि घिमिरे संक्रमणमुक्त भएका हुन् ।

मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि घिमिरे होम आईसोलेसनमा बसेका थिए । यसअघि भदौ २६ गते गरिएको पीसीआरको दोस्रो परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक अन्य स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!