धरानमा रुखको हाँगा झरेर लाग्दा बहिनीको मृत्यु, दिदी घाईते
सुनसरी । धरानमा रुखको हाँगा झरेर लाग्दा एक बालिकाको मृत्यु भएको छ । घर नजिक हिड्दै गरेको अवस्थामा रुखको हाँगा झरेर लाग्दा धरान उपमहानगरपालिका–१४ दुईधारेका बिष्णु राईकी ३ बर्षीया छोरी एबिसाको मृत्यु भएको हो ।
रुखको हाँगाले झरेर टाउकोमा लाग्दा एबिसा गंभीर घाईते भएकी थिईन् । उनलाई धरानबाट थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । न्यूरोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको...




























