
विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित कोचनी खोलामा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । रंगेली-१ का अनिल खवासकी ७ वर्षीया छोरी एलिना खवासको शव फेला परेको हो ।
प्रहरीका अनुसार सोमबार साँझ एलिना स्थानीय सञ्जीव चौधरीकी ८ वर्षीया छोरी साबितीसँग कोचनी खोलामा पौडी खेल्न गएकी थिइन् ।
पौडी खेल्ने क्रममा एलिना खोलामा डुबेर बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा राति ११ बजेतिर उनको शव फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार डुबेर बेपत्ता भएको स्थानबाट करिब सय मिटर तल स्थानीय बासिन्दाले बालिकाको शव फेला पारेका हुन् । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ ।


संगालोखबर 


















