- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का थप १ सय ३० जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका ६९, मोरङका ३४, झापाका २०, भोजपुरका ५ तथा धनकुटा र उदयपुरका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४/४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष र बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजिटिभ आएको छ । मोरङको विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यता, झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बाह्रदशीमा २ महिला ३ पुरुष र मेचीनगरमा १ पुरुष संक्रमित भएका छन् । त्यस्तै, भोजपुरका ५ पुरुषमा संक्रमण देखिएको छ । धनकुटामा पनि एक महिलामा संक्रमण पुष्टि भएको छ । योसँगै धनकुटामा संक्रमितको संख्या ४५ पुगेको छ । उदयपुरमा पनि १ महिला संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ । २ हजार १ सय ९४ संक्रमित निको भईसकेका छन् ।

बुधबार पनि प्रदेश १ मा ५२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसन विराटनगरबाट २१, मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट ९, बैजनाथपुर आईसोलेसन, विराटनगरबाट ७, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल, गोठगाउँबाट ४, जिल्ला अस्पताल धनकुटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५/५ र काली सदन आईसोलेसन विराटनगरबाट १ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!