- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । धनकुटाको सहिदभूमी गाउँपालिका–२ छिन्ताङकी मृगौलापीडित अम्मल राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौंमा बस्दै आएका धनकुटेलीहरुले सहयोग संकलन गरी १ लाख २० हजार रकम मृगौलापीडित राईलाई प्रदान गरेका हुन् ।

Advertisement

खोकुका नन्दकुमार राईको संयोजकत्वमा निर्माण गरिएको आर्थिक सहयोग संकलन समितिले ‘अम्मल राई बचाउँ अभियान’ सञ्चालन गरी आर्थिक संकलन गरेको हो । बिभिन्न व्यक्तिहरुबाट संकलित उक्त रकम समिति संयोजक राईले बिरामीलाई हस्तान्तरण गरेका हुन् ।

दुबै मृगौला फेल भएकी २३ बर्षीया राई अहिले उपचारका क्रममा ललितपुरमा छन् । सहयोग संकलन समितिका पदाधिकारीहरु ललितपुरस्थित निवासमै पुगेर बिरामीलाई रकम प्रदान गरेका हुन् । १० बर्षअघिदेखि मृगौलासम्बन्धि समस्यासँग जुध्दै आएकी राईलाई ललितपुरको सुमेरु अस्पतालमा नियमित डायलाईसिस गराईदै आएको छ ।

मृगौलापीडित अम्मलकी दिदी सृजनाले उनलाई एउटा मृगौला दिने भएकी छन् । तर, आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन सकेको छैन ।

मृगौला प्रत्यारोपणका लागि डाक्टरले ६ लाख रकम जुटाउँन भनेका छन् । निम्न आर्थिक अवस्थाको राई परिवारले रकम जुटाउँन नसक्दा मृगौला प्रत्यारोपण हुन नसकेको हो । पैसा नपुगेकै कारणले मृगौला प्रत्यारोपण हुन नसकेकाले आर्थिक सहयोग गरेर अम्मलको ज्यान बचाईदिन उनको परिवारले अपिल गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!