
कैलाली । कैलालीको गोदावरी नगरपालिका-२ मोतिपुरस्थित पूर्वपश्चिम राजमार्गमा स्कुलको अटो दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।
आज बिहान करिब १०ः१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक लम्कीचुहा नगरपालिका-१ का ५९ वर्षीय जगत बिष्ट, शिक्षिका ३० वर्षीया तुला घर्ती तथा स्कुलका विद्यार्थीहरू गरी जम्मा १४ जना घाइते भएका हुन् ।
घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल लम्कीमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


संगालोखबर 


















