
बिराटनगर । सुनसरीको दुहबीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर दुहबी नगरपालिका–८ की १० बर्षीय नन्दनी ऋषिदेवको मृत्यु भएको हो ।
घर नजिकै जमेको पानीमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर नन्दनी बेहोस भएकी थिईन् । बेहोस भएकी उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै, उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा चौदण्डीगढी नगरपालिका–३ का ५५ बर्षीय पदम मगरको मृत्यु भएको हो ।
बुधबार बेलुका करिव सात बजे बिरेन्द्रबजारतर्फ जाँदै गर्दा धपड खोला तर्ने क्रममा बगाउँदा मगर बेपत्ता भएका थिए । बाढी आएको खोलामा बेपत्ता भएका मगरलाई खोजी गर्ने क्रममा आज बिहान करिव साँढे ९ बजे उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।