
उदयपुर । उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर रौतामाई गाउँपालिका–७ की ६० बर्षीया तिलमाया पुलामी मगरको मृत्यु भएको हो ।
गएराती करिव सात बजे मुर्कुची बजारबाट घर फर्कदै गरेकी उनलाई खोलाले बगाएको थियो । बजारबाट फर्कदा बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।