- संगालोखबर सम्बाददाता

विराटनगर । शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट विराटनगरका दुई पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुँनेमा कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख माधव घिमिरे र न्युज २४ टेलिभिजनका सम्वाददाता तारा आचार्य छन् ।

Advertisement

नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार भर्चुअचल कार्यक्रम गरी घिमिरे र आचार्यलाई जनही १५ हजारका दरले पुरस्कृत गरेको हो । युनियनले यसअघि स्थापना दिवसमा कार्यक्रम गरी पुरस्कार वितरण गर्ने गरेको थियो । तर, यस पटक भर्चुअल कार्यक्रम गरी अनलाइन बैंककिङ प्रणालीमार्फत पुरस्कार राशि खातामा जम्मा गरिएको र सम्मान पत्र घरमै पुर्याईने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताए ।

कार्यक्रमका नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापनार्थ सहयोग गर्ने प्रतिबद्धता जनाए । पुरस्कृत पत्रकार घिमिरेले विषम परिस्थितिमा प्रविधिमार्फत कार्यक्रम गरी पुरस्कृत हुँदा नयाँ अनुभव भएको प्रतिक्रिया दिए । प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर गरिएको पुरस्कार वितरण कार्यक्रम विल्कुलै नयाँ प्रयास भएको उल्लेख गरे ।

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले राजनीतिक क्षेत्रमा शैलजा आचार्य साहसको प्रतिमूर्ति भएको बताए । कार्यक्रममा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ जिल्ला अध्यक्ष बन्धु पोखरेल, नेपाली कांग्रेसमा मोरङ सचिव मोदराज घिमिरे, नेपाल प्रेस संगठन मोरङका अध्यक्ष सुदिप कोइराला लगायतले मन्तब्य राखे । सोही अवसरमा पत्रकार अनन्तराज न्यौपानेले शैलजा आचार्यको आदर्श र निष्ठाको विषयमा जानकारी गराएका थिए ।

शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईलगायत पुरस्कृत भइसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!