
मोरङ । मोरङको कटहरीमा आईतबार दिउँसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा कटहरी–७ थलाहाकी ४१ बर्षीया कलकतनी माझी छन् ।
दिउँसो पौने ३ बजे घरमा सरसफाई गरिरहेका बेला फेनको तारबाट बिधुत सट भई करेन्ट लाग्दा माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।