- संगालोखबर सम्बाददाता

इटहरी । स्वतन्त्र पत्रकार संघको १ नम्बर प्रदेश संयोजकमा बिराटनगरका पत्रकार बिजय खतिवडा चयन भएका छन् । इटहरीमा शनिवार सम्पन्न स्वतन्त्र पत्रकारहरुको प्रदेश भेलाले उद्घोष दैनिकका प्रबन्ध सम्पादकसमेत रहेका खतिवडालाई प्रदेश संयोजकमा चयन गरेको हो ।

Advertisement

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल खतिवडा स्वतन्त्र पत्रकार संघको मोरङ जिल्ला संयोजकसमेत हुन् । प्रदेश १ मा स्वतन्त्ररूपमा काम गरिरहेका पत्रकारहरूलाई संगठित गरि दुई महिना भित्र प्रदेश कमिटिलाई पूर्णता दिइने अध्यक्ष खतिवडाले जानकारी दिए ।

यसैबीच भेलामा सहभागि स्वतन्त्र पत्रकारहरुले व्यवसायिक पत्रकारिताको विकासका लागि स्वतन्त्र पत्रकारिता आवश्यक रहेकोमा जोड दिएका छन् । सेना, प्रहरी, मानव अधिकारकर्मी, न्यायाधीश, पत्रकार लगायत पेशाकर्मी कुनै राजनीतिक दल, आस्था वा जातीय संस्थामा नलागी पूर्ण स्वतन्त्र हुनु पर्नेमा उनीहरुले जोड दिए ।

भेलामा संघका केन्द्रीय अध्यक्ष केबी मसाल, सल्लाहकार मोहन भण्डारी, कोषाध्यक्ष शालीग्राम पाण्डे, केन्द्रीय सदस्यत्रय महाप्रसाद खतिवडा, माहानन्द सापकोटा, देवनारायण साह, पत्रकार मोहन मानन्धरलगायत १ नं प्रदेशका विभिन्न जिल्लाका स्वतन्त्र पत्रकारहरूको प्रतिनिधिमूलक सहभागिता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!