संगालोखबर सम्बाददाता

धनकुटा । नेपाल ट्रेड युनियन काँग्रेस धनकुटाले पत्रकार महासंघ जिल्ला शाखालाई एक हजार थान मास्क प्रदान गरेको छ ।

Advertisement

क्रियासिल पत्रकारहरुलाई उपलब्ध गराउँने उद्धेश्यले रेडियो भेडेटारको समन्वयमा ट्रेड युनियनले महासंघलाई सर्जिकल मास्क प्रदान गरेको हो ।

पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा मास्क हस्तान्तरण गरिएको हो ।

कोरोना भाईरसको जोखिम बढिरहेका बेला ‘फन्टलाईन’ मा रहेर काम गर्ने पत्रकारहरुलाई सहयोग पुर्याउँने उद्धेश्यले मास्क प्रदान गरिएको ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष विगेन्द्र याक्खाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!