- संगालोखबर सम्बाददाता

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको शनिवार बिहान निधन भएको छ । बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहान करिब ४ बजे ४२ वर्षीया उपाध्यक्ष राईको निधन भएको हो ।

Advertisement

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले उपाध्यक्ष राईको निधन भएको पुष्टि गरेका छन् ।

राईलाई एक साताअघिदेखि ज्वरो, खोकी र पखालाले सताएको थियो । उनलाई भदौ २९ गते प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा भर्ना गरिएको थियो । उपचार पश्चात केन्द्रले डिस्चार्ज गरेपनि उनमा उच्च रक्तचापको समस्या देखिएपछि असोज १ गते धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानले उपचार हुन नसक्ने बताएपछि न्यूरो अस्पताल लगिएको थियो । न्यूरोमा उपचारका क्रममा बिहान उनको निधन भएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!