- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ लाबरबोटेमा मंगलबार अपरान्ह एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् ।

Advertisement

धरानबाट खाँदबारीतर्फ जाँदै गरेको खाँदबारी नगरपालिकाको बा.१९ च ९६६८ नम्बरको एम्बुलेन्स अपरान्ह करिब ४ बजे दुर्घटना भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा परी एम्बुलेन्स चालक खाँदबारी नगरपालिका–९ का ३१ बर्षीय योगेन्द्र घले र एम्बुलेन्समा सवार संखुवासभाको चिचिला गाउँपालिका–२ की २० बर्षीया अस्मिता राई घाईते भएका छन् । घाईते दुबैको मुलघाटस्थित क्लिनिकमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

खाँदबारीबाट धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिरामी पुर्याएर फर्किने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको हो । एम्बुलेन्स सडकबाट करिब १५ मिटर तल पल्टिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!