- संगालोखबर सम्बाददाता

धनकुटा । शनिवार छैठौं संबिधान दिवस । संबिधान जारी भएको पाँच बर्ष पुरा भई छैठौं बर्ष प्रवेश गरेको उपलक्ष्यमा धनकुटामा पनि संविधान दिवस मनाईएको छ । तर, संविधान प्रति नागरिकको मतमा एकरुपता भने देखिएन ।

Advertisement

कतै संबिधान दिवसको खुशीयालीमा दीप प्रज्वलन गरियो भने कतै संविधान संशोधन माग गर्दै बिरोध कार्यक्रम भयो । संविधान दिवसको अवसर पारेर धनकुटा बजारको हुलाकटोलस्थित ग्रिन पार्क र भीमनारायण चौकमा दीप प्रज्वलन गरिएको छ । उद्योग बाणिज्य संघको अगुवाईमा ग्रिन पार्कमा दीपावली गरी शुखीयाली मनाईयो भने नेपाली काँग्रेसले भीमनारायण चौकमा दीप प्रज्वलन गर्यो ।

चुवाको बोटमा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठसहित विभिन्न व्यक्तिले दीप प्रज्वलन गरे । भीमनारायण चौकमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का प्रदेश सभा सदस्य लिला सुब्बा, नेपाली काँग्रेसका जिल्ला सभापनि अग्नीप्रसाद पौडेलसहितका नेताहरुले दीपावली गरेका छन् ।

संबिधान दिवसमा बिरोध कार्यक्रम, सांसदले नै गरे बिरोध

यसैबीच, संबिधान दिवसको खुशीयालीमा दीप प्रज्वलन भईरहदा संबिधान संशोधनको माग गर्दै धनकुटा बजारमा बिरोध कार्यक्रम पनि भएको छ । जनता समाजवादी पार्टी जिल्ला समन्वय समितिले संबिधानको बिरोधमा कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागिहरुले संबिधानले सबैखाले समुदायलाई नसमेटेको भन्दै बिरोध जनाएर संविधान संशोधन गर्नुपर्ने माग गरे ।

कार्यक्रममा प्रदेश नं.१ का प्रदेश सभा सदस्य आर्सी तुम्वाले वहुजातिय, वहुधार्मिक, वहुसाँस्कृतिक मुलुक नेपालमा विभिन्न संघीय राज्यहरु निर्माण हुनु पर्ने भएपनि नयाँ संविधानले त्यसलाई समेट्न नसकेको भन्दै बिरोध गरे । उनले तमाम जातजातिहरुको भाषा, संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने खालको नीति संविधानमा संवोधन नभएकाले विरोध गर्नु परेको दावी गरे ।

त्यसैगरी जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अर्जुन थापाले नेपालको नयाँ संविधान अधुरो र अपुरो रहेको जिकिर गरे । संविधान संशोधन आवश्यक छ भनेर सरकारलाई दवाव दिन संविधान दिवशको दिन विरोध कार्यक्रम गरिएको उनले बताए । थापाले संविधान संशोधन नभएसम्म जाति जनजाति, मधेसी समुदाय र पछि परेको समुदायको आन्दोलन जारी रहने दावी गरे ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष बलवहादुर राई, सचिव राम रायमाझी, जिल्ला नेतृ पार्वती राई, सरकुमारी आठपहरिया, युवा नेताहरु सरोज राई, सुरेश याम्फु, दिलकुमार राई, डम्वर कट्वाल लगायतले पनि संबिधान संशोधनको माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!