प्रदेश १ लाई ५ बर्षभित्र बालविवाहमुक्त बनाईने
विराटनगर । प्रदेश १ लाई आगामी ५ बर्षभित्र बालविवाहमुक्त बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाहमुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
आज राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सार्वजनिक गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु ल...






















