- वुद्ध तामाङ

भोजपुर । भोजपुरमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी र थुनुवाका साथै राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि भएकाहरुमा ३३, २८, २७, ३९ र ४९ वर्षिया पुरुष छन् ।

Advertisement

जिल्लाका एक सय एक जनाको स्वाव संकलन गरी धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजिटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले जानकारी दिए ।

यसअघि बैङ्कका कर्मचारी, हिरासतमा रहेका थुनुवा र होल्डिङ एरियामा रहेका भोजपुर १२ का २८ वर्षिय पुरुष, षडानन्द नगरपालिका ६ का २२ वर्षिय पुरुष र टेम्केमैयुङ गाउँपालिका २ का २१ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो । योसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । जसमध्ये ६ जना निको भईसकेका छन् ।

जिल्लामा थप संक्रमण फैलिन नदिन प्रशासनले एक हप्ताका लागि गरेको लकडाउन समयावधि आज सकिदै छ । पुनः लकडाउन गर्ने नगर्ने बारेमा जिल्ला संकट व्यवस्थापन समितिको बैठकको निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!