- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज एकैदिन १ सय ९२ जना कोरोनामुक्त भएका छन् । होमआईसोलेसनमा रहेका १ सय २७ जनाले कोरोना जितेका छन् ।

Advertisement

कोभिड १९ आईसोलेसन अस्पताल सुन्दरहरैचाबाट ३३, धानजन आईसोलेसन अस्पतालबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट १०, मेची अस्पताल झापाबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, वि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेसन विराटनगरबाट १/१ जना डिस्चार्ज भएका हुन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमणमुक्त हुँनेको संख्या २ हजार ४ सय ३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जना संक्रमित थपिएका हुन् । विराटनगरमा ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । मोरङको कटहरीमा ७ महिला ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, जहदामा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रंगेली र बेलबारी १/१ महिला, ग्रामथान र सुन्दरहरैचामा १/१ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

उता, सुनसरीको ईटहरीमा ७ महिला २५ पुरुष, बराहक्षेत्रमा २ महिला १० पुरुष, धरानमा १ महिला ८ पुरुष, इनरुवामा १ महिला १ पुरुष र हरिनगरमा १ महिला संक्रमित भएका छन् । झापाको शिवसताक्षीमा ३ महिला ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३७ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!