- संगालोखबर सम्बाददाता

झापा । झापाको गौरदह–९ बैगुनधुराबाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरदह–३ का २२ बर्षीय राजेश महतो र २७ बर्षीय प्रमानन्द राजबंशी छन् ।

Advertisement

प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा उनीहरुको साथबाट १ सय ५८ बोतल ईस्कफ लागुऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पक्राउ परेका दुबै जनाविरुद्ध कानुनी कारबाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!