गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला परेको छ । सिम्सुवास्थित कोशी राजमार्ग नजिक करिब ५०/५५ बर्ष उमेरको एक पुरुषको शव फेला परेको हो ।

Advertisement

राजमार्गबाट करिब ३० मिटर नजिक बाँसको झ्याङमा शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ध्रुब श्रेष्ठले जानकारी दिए । ‘किरा परेर लास सड्न थालिसकेको छ । मान्छे चिन्नै गाह्रो हुँने अवस्थामा छ ।’ संगालोखबरसँग डिएसपी श्रेष्ठले भने–‘शवको पहिचानका लागि हामीले मातहतका सबै प्रहरी कार्यालयहरुलाई खबर पठाएका छौ ।’

बुधबार दिउँसो बाँसको झ्याङमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक को हुन् र के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!