- संगालोखबर सम्बाददाता

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सचेतनामूलक पर्चा बाँढ्न थालेको छ । प्रहरीले कोरोना भाईरसबाट सुरक्षित रहदै चाडपर्व मनाउँने र चाडपर्वका बेला हुँन सक्ने अप्रिय घटनाप्रति सावधानी अपनाउँने तरिकासहितको सचेतनामूलक पर्चा बाँढ्न थालेको हो ।

Advertisement

नेपालीहरुको महान चाड दशैं तिहार नजिकिएकाले सुरक्षित रहेर चाडपर्व मनाउँनका लागि आग्रह गर्दै सचेतनामूलक सन्देश समेटिएको पर्चा वितरण थालिएको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले बताए । उनका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितीमा भईरहेको पर्चा वितरण गर्ने कार्यक्रम चाडपर्वसम्म जारी रहनेछ ।

प्रहरीले हालसम्म जिल्ला सदरमुकामका ५ सय भन्दा बढी सर्वसाधरणलाई पर्चा वितरण गरिसकेको छ । पर्चामा कोरोनाबाट सावधानी अपनाउँने तरिका र चाडपर्वका बेला अपनाउँनुपर्ने सुरक्षा सावधानीका बिषय समेटिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!