धनकुटाको चौबिसेमा रारा गोल्डकप सुरु, डाँगीहाटको विजयी सुरुवात
धनकुटा । धनकुटाको चौबिसेमा सुरु भएको ११औँ गोर्खा रारा फुटबल प्रतियोगितामा मोरङको डाँगीहाट फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बिहिवार भएको उद्घाटन खेलमा डाँडाबजार एफसी धनकुटालाई ५–१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।
चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए । डाँगीहाटका जर्...


















