सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारीे रारा गोल्डकप फुटबल प्रयिोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक क्लबले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको १९औँ र ४८औँ मिनटमा भोजपुर फुटबल क्लबका निशान लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६६औँ मिनटमा राराका ग्लोरीले गोल गर्दै खेल २–१ गोलको अवस्थामा पुर्याए ।

Advertisement

खेलको ८१औँ मिनटमा राराका राम वाजीले गोल गर्दै खेललाई २–२ बराबरीमा पुर्याएका थिए । ८९औँ मिनटमा राराकै नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई ३–२ को जित दिलाए ।

खेलको ८५औँ मिनेटमा राराका विशाल घलान र भोजपुरका रोजिन माझी बीचको झगडाका कारण दुवैले रातो कार्ड पाएर मैदानबाट बाहिरिनु पर्यो । पहिलो हाफको इन्जुरी समयमा राराका विदेशी खेलाडी टायाले गरेको प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो । खेलको प्लेयर अफ द म्याच बन्दै राराका राम वाजीले ७ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताअन्तर्गत आइतबार हुने खेलमा सलहेश युथ क्लब सिरहा र गोल्डेन युथ क्लब सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि शुक्रबार भएको खेलमा रियल स्टार युथ क्लब हेटौँडालाई हराउँदै बिर्तामोड युनाइटेड क्लब झापा सेमिफाइनलमा पुगिसकेको छ । यस्तै, डाँडाबजार युथ क्लब धनकुटालाई हराउँदै मोरङको डाँगीहाट युथ क्लब पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!