सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करणको रारा गोल्डकप अन्तर्गत आइतबार सिरहाको सलहेश युथ क्लब र सुनसरी गोल्डेन स्टार युथ क्लबबीच खेल हुँदैछ । खेल चौबिसे गाउँपालिकाको राजारानीस्थित पुण्य माविको खेलमैदानमा ३ बजे सुरु हुनेछ ।

Advertisement

सलहेश र गोल्डेन स्टार बीचको यो पहिलो चरणको अन्तिम खेल हो । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल सोमबार डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबीच हुनेछ ।

दोस्रो सेमिफाइनल खेल मंगलबार बिर्तामोड युनाइटेड क्लब र आइतबारको विजेताबीच हुनेछ । दुवै सेमिफाइनल खेलका विजेताबीच बुधबार फाइनल खेल हुने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए ।

यसअघि शनिबार भएको खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक रारा फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । त्यस्तै, रियल स्टार युथ क्लब हेटौंडालाई पराजित गर्दै बिर्तामोड युनाइटेड क्लब झापा सेमिफाइनल पुगेको हो ।

यसैगरी, डाँडाबजार युथ क्लब धनकुटालाई पराजित गर्दै मोरङको डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!