सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लब भिड्दै छन् । यी दुवै टिम फाइनलमा पुग्ने लक्ष्यसाथ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा दिउँसो ३ बजे उत्रँदैछन् ।

Advertisement

धनकुटाको डाँडाबजार युथ क्लबलाई ५–१ गोलले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा पुगेको हो । यस्तै, भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक रारा फुटबल क्लब अन्तिम चारमा पुग्न सफल भएको हो ।

मंगलबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापा र सिरहाको सलहेश युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ । रियल स्टार क्लब हेटौंडालाई ० का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै झापाले सेमिफाइनल यात्रा तय गरेको हो ।

त्यस्तै, सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सल्हेश अन्तिम चारमा पुग्न सफल भएको हो । प्रतियोगिताको फाइनल खेल आगामी बुधबार हुने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए ।

यस वर्ष पुरस्कारको राशि बढाएर विजेतालाई नगद ५ लाख रुपैयाँ र उपविजेतालाई नगद २ लाख ५० हजार रुपैयाँ दिइने संयोजक चेम्जोङले बताए । यसअघि प्रतियोगिताका विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!