सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा परम्परागत खानपान, भौलिक भेषभूषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ । किराँत राई यायोख्खा धनकुटाको आयोजनामा आइतवारदेखि सांस्कृतिक उत्सव सुरु भएको हो ।

Advertisement

उत्सवको उद्घाटन संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । उत्सव त्यस अवसरमा विभिन्न जातिका मौलिक सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । धनकुटाको तल्लो टुँडिखेलमा किरात संस्कृतिको संरक्षण एवं उभौली पर्वका अवसरमा सुम्निमा पारुहाङ भवन निर्माण सहयोगार्थ उत्सव सञ्चालन गरिएको हो ।

जेठ ३२ गतेसम्म सञ्चालन हुने उत्सवमा जातीय खानाका परिकार, विभिन्न सांस्कृतिक झलकसहितको स्टल तथा खानापानका परिकारका १० वटा स्टल राखिएको छ । सांस्कृतिक उत्सावको मूल नारा ‘आदिवासी जनजातिको संस्कार, संस्कृति र भेषभूषाको प्रदर्शन, आर्थिक समृद्धिको लागि स्वच्छ पर्यावरण र पर्यटन’ भन्ने राखिएको छ ।

सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किरात संस्कृतिको संरक्षण गर्न उत्सव सञ्चालन गरेको आयोजक समितिका संयोजक पृथुराम राईले बताए । उत्सवबाट संकलित रकम धनकुटा नगरपालिका–६, स्थित राई कुवा टोलमा रहेको जग्गामा बनाइने सुम्निमा पारुहाङ भवनका लागि खर्च गरिने जनाइएको छ ।

 

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!