सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करण रारा गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा विजयी हुँदै सिरहाको सल्हेश युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

चौबिसे गाउँपालिका–६ स्थित पुण्य मावि राजारानीको खेलमैदानमा भएको खेलमा सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सल्हेश सेमिफाइनलमा प्रवेश गरको हो ।

पहिलो हाफको ८ मिनटमा सल्हेश युथ क्लबका जर्सी नम्बर १४ का खेलाडी अर्मन विजामले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । १५औँ मिनटमा सुनसरीका जर्सी नम्बर १४ का कृपा चौधरीले गोल गरी खेल बराबरीमा पुर्याए ।

खेलको इन्जुरी समयमा सल्हेशका जर्सी नम्बर ४ का आदित्य शाक्यले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाए । सलहेश र गोल्डेन स्टार बीचको खेल पहिलो चरणको आज यही अन्तिम खेल हो । सल्हेश युथ क्लब रारा गोल्डकपको साविक विजेता टिम हो । आजको खेलमा म्यान अफ द म्याच सल्हेश युथ क्लबका जर्सी नम्बर ८ का जय गुरुङ घोषित भए । उनले नगद ७ हजार पुरस्कार पाए ।

सोमबार हुने सेमिफाइनल खेलमा आयोजक रारा फुटबल क्लब र क्लब बिर्तामोड युनाइटेड झापाबीच खेल हुनेछ । यसअघि शनिबार भएको खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक रारा फुटबल क्लब सेमिफाइनल पुगिसकेको छ । जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!