सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा किराती समुदायले आफ्नो दोस्रो महत्वपूर्ण चाड उभौली साकेला केलाङ पर्व सांस्कृतिक उत्सवका रुपमा मनाएका छन् । लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रवर्द्धन समिति साँगुरीगढीको आयोजनामा शनिवार यो पर्व मनाइएको हो ।

Advertisement

साँगुरीगढी गाउँपालिका–१ स्थित साकेला केलाङ पार्कमा भेला भएका किरात समुदायले यो पर्व भव्य रुपमा मनाएका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री निर्मला तावा सहभागी थिइन् । उनले रिबन काटेर कार्यक्रम उद्घाटन गरिन् ।

कार्यक्रममा मौलिक पोशाक लगाएर उपस्थित भएका किरात समुदायले आफ्नो कला संस्कृति झल्कने साकेला तथा चण्डी नाच प्रस्तुत गरेका थिए ।

यो पर्वमा अन्नबाली भित्र्याउनु अगाडि प्रकृति र पितृको पूजा गर्ने चलन छ । यस अवसरमा किरातीहरु भेला भएर शुभकामना आदानप्रदान गर्ने साथै साकेला नाच्ने गरेका छन् । बैशाख पूर्णिमादेखि एक महिनासम्म पर्व मनाउने गरेको लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रवर्द्धन समितिका अध्यक्ष बलबहादुर राईले बताए ।

किरात धार्मिक ग्रन्थ मुन्धुमअनुसार समयलाई उधौली र उभौली गरी दुई भागमा वर्गीकरण गरिएको छ । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको भनाइ छ ।

वैशाख पूर्णिमामा उभौली चाड मनाउने गरिन्छ । खेती किसानी गर्नका लागि मनाइने चाड उभौली हो भने बाली भित्र्याउने समयलाई उधौलीका रुपमा मनाइन्छ ।

बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक मानिने देवताका पूजा गरेर आफ्ना पूर्खा र पितृलाई सम्मान गर्दै अन्नबाली चढाउने चलन छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!