सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा सुरु भएको सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा छथरजोरपाटी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकालाई टाइब्रेकरमा १–० गोल अन्तरले पराजित गर्दै छथरजोरपाटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

आइतबार भएको उद्घाटन खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा छथरजोरपाटीकी ९ नम्बर जर्सीकी सुनिता लिम्बुले मात्र गोल गर्न सकिन् । उनको टिमका चारजनाले गोल गर्न सकेनन् भने बराहक्षेत्र टिमका कुनैपनि खेलाडीले गोल गर्न सकेनन् ।

प्रमुख अतिथि कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा कोशी प्रदेशका ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

सोमबार हुने पहिलो खेल सहिदभूमि गाउँपालिका र मोरङको मिक्लाजुङ गाउँपालिकाबीच हुने छ भने दोस्रो खेल धनकुटा र पाख्रीबास नगरापालिकाबीच हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!