सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । प्रदेशस्तरीय वुद्धिचाल प्रतियोगिताका लागि धनकुटाबाट चारजना छनौट भएका छन् । बुधबार र बिहीबार धनकुटामा भएको खेलबाट फाइनलमा पुगेका २ महिला र २ पुरुष खेलाडी छनोट भएका हुन् ।

प्रतियोगिताबाट १५ वर्षभन्दा मुनिका खेलाडी छनौट गरिएको हो । आगामी जेठ ३०, ३१ र ३२ गते पोखरामा सञ्चालन हुने बुद्धिचाल प्रतियोगिताका लागि धनकुटामा खेलाडी छनोट सकिएको छ । छनोट भएकामा पुरुषतर्पm आयान श्रेष्ठ र मिल्सन राई तथा महिलातर्फ जेनिशा बुढाथोकी र श्वेता राई छन् ।

Advertisement

छनोट चरणमा धनकुटाका विभिन्न ९ विद्यालयका ६ महिला र ३५ पुरुष सहभागी थिए । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघ धनकुटाको संयोजनमा भएको छनोट चरणमा फाइनलमा पुगेका सहित तेस्रो र सान्वना हुने खेलाडीलाई मेडल र प्रमाणपत्र समेत वितरण गरिएको छ ।

जिल्लास्तरीय छनोट चरणबाट छनौट खेलाडीलाई कोशी प्रदेशस्तरीय बन्द प्रशिक्षणमा कोशी प्रदेशभरबाट ४ जना पुरुष र ४ जना महिला सहभागी रहने छन् । पोखरामा सञ्चालन हुने १५ वर्ष मुनिको जुनियर राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट हुने जिल्ला बुद्धिचाल संघ धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताए । बुद्धिचालसँगै एथलेटिक्स, ब्याटमिन्टन, रग्वी, बास्केटबल लगायतका खेलहरुको समेत छनोट चलिरहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!