सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ की अनिशा कार्कीले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेकी छन् । दुवै मिर्गौला ‘फेल’ भएपछि उपचारमा समस्या भएका कारण उनले सहयोगको अपिल गरेकी हुन् ।

Advertisement

स्थानीय कुलबहादुर कार्की र कमला बरुवालकी छोरी २५ वर्षीया अनिशाको दुबै मिर्गौलामा खराबी आएपछि हाल पाटन हस्पिटलमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको उनले बताएकी छन् ।

कार्की करिब एक वर्षदेखि आफ्नो उपचार गराइरहेकी छिन् । घरको आर्थिक स्थिति कमजोर भएकाले आफैं उपचार खर्च जुटाउन समस्या भएको छ । घरपरिवारसँग भएको पैसा अहिलेसम्म उपचार गर्दागर्दै सकिएको उनले बताइन् ।

त्यसैले नेपाल तथा नेपाल बाहिर रहेका सम्पूर्ण नेपाली तथा आफन्तहरुलाई गच्छेअनुसार आर्थिक सहयोग गरिदिन कार्कीले अपिल गरेकी हुन् । उपचारका लागि सहयोग गर्न इच्छुकका लागि उनले बैंक खाता नम्बर दिएकी छन् । ग्लोबल आइएमई बैकमा रहेको खाता नम्बर १९४०७०१००७५०३१ (अनिशा कार्की) मा इच्छुकले सहयोग रकम जम्मा गर्न सक्ने साथै मोबाइल नम्बर ९८१६९६४८१३ मा सम्पर्क गर्न सक्ने कार्कीले जनाएकी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!