सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ गोर्खा रारा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रियल स्टार युथ क्लब हेटौंडालाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको खेलको दोस्रो मिनटमै बिर्तामोडका जर्सी नम्बर ९ का आशीष चापागाईँले पहिलो गोल गरेका थिए । दोस्रो हाफको १२औँ मिनटमा बिर्तामोडका लागि उनैले दोस्रो गोल गरे ।

खेलको १८औँ मिनटमा योगेश गुरुङले गोल गरी झापालाई ३ गोलको अग्रता दिलाए । इन्जुरी समयमा झापाका योगेश गुरुङले आजको खेलको अन्तिम गोल गरेका थिए । खेलको म्यान अफ द म्याच झापाका खेलाडी आशीष चापागाईं घोषित भए । उनले ७ हजार रुपैयाँ पुरस्कार पाए ।

यसअघि बिहिवार भएको उद्घाटन खेलमा डाँडाबजार एफसी धनकुटालाई ५–१ ले पराजित गर्दै डाँगीहाट युुथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताअन्तर्गत शनिवार हुने सेमिफाइनल खेलमा भोजपुर जिल्ला फुटबल क्लब र आयोजक रारा फुटबल क्लब राजारानीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ५ लाखसहिट ट्रफी हात पार्नेछ भने उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगितामा डाँगीहाट युुथ क्लब मोरङ, डाँडाबजार फुटबल क्लब धनकुटा, बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, रियल स्टार युथ क्लब हेटौंडा, भोजपुर जिल्ला फुटबल क्लब, रारा फुटबल क्लब राजारानी, सल्हेश युथ क्लब सिरहा र गोल्डेन स्टार फुटबल क्लब राजारानी सहभागी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!