सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा आगामी जेठ १३ देखि १६ गतेसम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय धनकुटाले कार्यक्रमको आयोजना गरी जिल्लामा खोप सञ्चालन हुने जानकारी दिएको हो ।

Advertisement

अभियानका क्रममा जिल्लामा ७ हजार ३ सय ५३ जना बालबालिकाहरुलाई लगाइनेछ । धनकुटाका सातवटै पालिकामा चार दिनसम्म चल्ने अभियानका लागि विभिन्न स्थानमा ३२० वटा खोप केन्द्र छन् । ५ देखि ८ वर्षका बालबालिकालाई लगाईने खोपका लागि ६४० स्वयंसेवक खटिने स्वास्थ्यले जनाएको छ । त्यस्तै, ३२० स्वास्थ्यकर्मी र ८४ जना सुपरिवेक्षक खटिने छन् ।

राष्ट्रिय आइपीभी तथा पोलियो विरुद्धको खोप अभियान देशव्यापी रुपमा सञ्चालन हुँदैछ । २०७२ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुलाई खोप लगाइने जानकारी दिइएको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!