सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसेमा सुरु भएको ११औँ गोर्खा रारा फुटबल प्रतियोगितामा मोरङको डाँगीहाट फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बिहिवार भएको उद्घाटन खेलमा डाँडाबजार एफसी धनकुटालाई ५–१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए । डाँगीहाटका जर्सी नम्बर ९ का खेलाडी मार्टिनले पहिलो हाफको २३औँ मिनटमा पहिलो गोल गरेका थिए । त्यस्तै, दोस्रो हाफको २५औँ मिनटमा जर्सी नम्बर १० का भुवन बस्नेतले दोस्रो गोल गरेका थिए ।

डाँगीहाटका खेलाडी जर्सी नम्बर ६ का असिम राईले ३१औँ मिनटमा गोल गरेका थिए । खेलको ३४औँ मिनटमा डाँगीहाटका जर्सी नम्बर ११ का सुशील राईले अर्को गोल थपेका थिए । त्यस्तै, खेलको ४०औँ मिनटमा डाँडाबजार फुटबल क्लबका जर्सी नम्बर २३ का खेलाडी ओसकाले एक गोल फर्काएका थिए । खेलको थप समयमा डिबक्स भित्र डाँगीहाटले फल पाएको थियो । त्यसमा पेनाल्टी मार्फत् जर्सी नम्बर ६ का असिम राईले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच डाँगीहाटका असिम राई घोषित भए । उनी नगद ७ हजार र ट्रफीसहित पुरस्कृत भए । प्रतियोगितामा शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल बिर्तामोड युनाइटेड क्लब झापा र रियल स्टार युथ क्लब हेटौंडाबीच हुने आयोजकले जनाएको छ । रारा फुटबल क्लब धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ५ लाख हात पार्नेछ भने उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!