सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकपको उपाधि कसले हात पार्छ भन्ने टुंगो बुधबार लाग्दैछ । प्रतियोगिताको फाइनल खेलमा सिरहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा दिउँसो २ बजे दुवै टिम उपाधि कब्जा गर्ने लक्ष्यसहित उत्रँदैछन् । उपाधि जित्ने टिमले ५ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ ।

Advertisement

साबिक विजेता सलहेश मंगलबार बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

यस्तै, आयोजक रारा फुटबल क्लब मोरङको डाँगीहाट युथ क्लबलाई सोमबार २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!