सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा जारी चौथो संस्करण सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो खेलमा विजयी हुँदै धनकुटा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाख्रीवास नगरपालिकालाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफको २५औँ मिनेटमा धनकुटाकी जर्सी नम्बर १२ की खेलाडी मनिता तामाङले १ गोल गरी खेल गरेकी थिइन् । त्यस्तै, २६औँ मिनेटमा धनकुटाकै १५ नम्बर जर्सीकी विपना राईले दोस्रो गोल गरेकी थिइन् । इन्जुरी समयमा धनकुटाकी जर्सी नम्बर १२ की मनिता तामाङले अन्तिम तथा निर्णायक गोल गरेकी थिइन् ।

Advertisement

खेलको म्यान अफ द म्याच धनकुटाकी खेलाडी मनिता राई घोषित भइन् । उनले १ हजार ५ सय नगद पुरस्कार पाइन् । यसअघि सोमबारै भएको पहिलो खेलमा सहिदभूमि गाउँपालिकालाई ० का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै मोरङको मिक्लाजुङ सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा कोशी प्रदेशका ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । मंगलबार साँगुरीगढी गाउँपालिका धनकुटा र कनकाई नगरपालिका झापाबीच खेल हुने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!